Techie IT
२०८३ वैशाख २२, मंगलबार

सरकारले भन्यो - पेट्रोलियम पदार्थको मूल्य घट्ने सम्भावना छैन


सरकारले पेट्रोलियम पदार्थलगायत इन्धनको मूल्य घटाउन तत्काल सम्भावना नरहेको स्पष्ट पारेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले भारतीय आयल कर्पोरेशन (IOC) ले तोकेको मूल्यअनुसार इन्धन खरिद गर्नुपर्ने भएकाले नेपालमा मूल्य घटाउने अवस्था नरहेको प्रष्ट पारेका हुन्।

मंगलबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले सरकार बाध्य भएर इन्धनको मूल्य समायोजन (बढाउनुपर्ने अवस्था समेत आउने) स्थिति रहेको उल्लेख गरेका थिए ।

उनका अनुसार आम उपभोक्ताबाट मूल्य वृद्धि नियन्त्रण गर्न सरकारमाथि दबाब बढिरहेको भए पनि हाल पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासमा समेत सरकारले घाटामा कारोबार गरिरहेको छ।

सचिव राउतले स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा लागू गरिएमा हालको भन्दा पनि बढी मूल्य पर्ने अवस्था आउने दाबी गरे। तर उपभोक्तालाई राहत दिन सरकारले तत्काल पूर्ण स्वचालित मूल्य प्रणाली लागू नगरेको उनले बताए।

उनले भने, “महँगोमा किन्ने तर सस्तोमा बेच्नुपर्ने अवस्थाले सञ्चित मुनाफा पनि सकिएको छ। सरकारले बाध्य भएर मूल्य समायोजन गर्नुपरेको हो। पूर्ण स्वचालित प्रणाली लागू गर्दा मूल्य अझै बढ्न सक्छ। त्यसैले अहिले सरकारले केही मूल्य नियन्त्रणमै राखेर सञ्चालन गरिरहेको छ।”

सचिव राउतले नेपाल आयल निगम मुनाफामा नरहेकाले कर्मचारीले बोनस पाउने अवस्था पनि नरहेको स्पष्ट पारे।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट