सुन तोलामा १ हजारले घट्यो, आजको मूल्य कति?
नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ । सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घट्दा चाँदीको मूल्य भने २५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने प्रतितोला ५ हजार ३ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी ५ हजार २ सय ७५ रुपैयाँमा खरिदबिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज एक औँस सुन ४ हजार ७१५ अमेरिकी डलर तथा चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस