Techie IT
२०८३ असार २८, आइतबार

अमेरिका-इरान शान्ति सम्झौताको सङ्केतले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठुलो गिरावट


अमेरिका र इरानबिच शान्ति सम्झौता हुन लागेको सकारात्मक सङ्केतहरू बाहिरिएसँगै सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर दुई सातायताकै न्यून बिन्दुमा पुगेको छ।

मुख्य मुद्दाहरूमा अझै पनि दुवै देशबिच केही मतभेद कायमै रहे तापनि सकारात्मक दिशामा अघि बढेको वार्ताले बजारमा उत्साह ल्याएको हो। विशेष गरी रणनीतिक रूपमा महत्त्वपूर्ण 'स्ट्रेट अफ होर्मुज' मा जारी नाकाबन्दीका कारण मध्यपूर्वबाट हुने तेल आपूर्ति प्रभावित भइरहेका बेला सम्भावित सम्झौताको आशाले मूल्य घटाउन मुख्य भूमिका खेलेको छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ब्रेन्ट क्रुडको ४.७१ प्रतिशतले गिरावट आएको छ । हालको मूल्य ९८.८३ डलर प्रतिब्यारेल रहेको छ ।

दुवै प्रकारका कच्चा तेलको यो मूल्य गत मे ७ तारिखपछिकै सबैभन्दा न्यून बिन्दु हो।राष्ट्रपति ट्रम्पको अभिव्यक्ति र होर्मुजको महत्त्वगत शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र इरानबिच शान्ति सम्झौताको समझदारी पत्रमा ‘धेरैजसो बुँदामा सहमति’ भइसकेको दाबी गर्नुभएको थियो। यो सम्झौता लागू भएमा रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलमार्ग पुनः सञ्चालनमा आउनेछ। हालको द्वन्द्व सुरु हुनुअघि विश्वभर आपूर्ति हुने कुल कच्चा तेल र तरल प्राकृतिक ग्यास (एलएनजी) को २० प्रतिशत (पाँच भागको एक भाग) यही जलमार्ग हुँदै ओसारपसार हुने गर्थ्यो।

तर, केही जटिल मुद्दाहरूमा दुवै पक्ष अझै स्पष्ट भइनसकेका कारण आइतबार मात्रै राष्ट्रपति ट्रम्पले आफ्ना प्रतिनिधिहरूलाई सम्झौताका लागि हतार नगर्न निर्देशन दिएको स्पष्ट पार्नुभएको थियो।मएसटी मार्कीका बजार विश्लेषक साउल काभोनिकले सम्झौता र होर्मुज जलमार्ग खुला गर्ने विषयमा अझै कयौँ भू-राजनीतिक जोखिम र चुनौतीहरू कायमै रहे पनि "लामो सुरुङको अन्त्यमा केही उज्यालो देखिएको" टिप्पणी गरेका छन्। 

उहाँले यस सकारात्मक विकासले अल्पकालीन रूपमा भए पनि विश्व बजारमा तेलको मूल्यमा राहत मिल्ने उल्लेख गर्नुभयो।यद्यपि, अन्य बजार विश्लेषकहरूले भने जलमार्ग खुला भए तापनि उक्त क्षेत्रबाट तेलको प्रवाह पुरानै अवस्थामा फर्कन र द्वन्द्वका कारण क्षतिग्रस्त भएका तेल तथा ग्यासका भौतिक संरचनाहरू मर्मत हुन अझै केही महिना लाग्न सक्ने अनुमान गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट