खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति व्यवस्थापन गर्न सरकारले ल्यायो नयाँ नीति
सरकारले बैंकिङ क्षेत्रमा चुनौतीपूर्ण बन्दै गएको खराब कर्जा तथा गैर-बैंकिङ सम्पत्ति व्यवस्थापनका लागि आगामी पुसभित्रै 'सम्पत्ति व्यवस्थापन कम्पनी' (एसेट म्यानेजमेन्ट कम्पनी) स्थापना गर्ने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकिङ प्रणालीको स्थायित्व र सुधारका लागि यस्तो घोषणा गर्नुभएको हो। वित्तीय क्षेत्रको जोखिम न्यूनीकरण गर्न यो कम्पनीले महत्त्वपूर्ण भूमिका खेल्ने सरकारको विश्वास छ।



तपाईको प्रतिक्रिया दिनुहोस