Traffic Rules
२४ घण्टामै झण्डै २ हजार चालक कारबाहीमा, ५४ लाखभन्दा बढी राजस्व संकलन
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने एक हजार ९९४ चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्। कारबाहीबाट राज्यकोषमा ५४ लाख ४१ हजार ५०२ रुपैयाँ राजस्व संकलन भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने १२७ चालक, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १४२ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १४९ जना तथा तीव्र गतिमा सवारी चलाउने १०३ जनालाई कारबाही गरिएको छ।
त्यस्तै, लेन अनुशासन उल्लङ्घन गर्ने १५८ चालक, निषेधित क्षेत्रमा हर्न बजाउने १३० जना, सडक पेटीमा सवारी पार्किङ गर्ने १२८ जना, एकतर्फी सडकमा सवारी चलाउने ९५ जना पनि ट्राफिक प्रहरीको निगरानीमा परेका छन्।
यस अवधिमा अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ९६२ चालकलाई समेत कारबाही गरिएको कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण तथा सडक अनुशासन कायम गर्न नियमित निगरानी र चेकजाँचलाई थप कडाइ गरिएको जनाएको छ। साथै चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै उल्लङ्घन गर्नेलाई कारबाही निरन्तर जारी रहने चेतावनी दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस