Techie IT
२०८३ जेष्ठ २२, शुक्रबार

वार्षिक ६ प्रतिशत वृद्धि कायम राखे नेपाल १०० अर्ब डलरको अर्थतन्त्र बन्छः अध्यक्ष पाण्डे


नेपाल उद्योग परिसङ्घ (सिएनआई) अध्यक्ष वीरेन्द्रराज पाण्डे

नेपाल उद्योग परिसङ्घ (सिएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले आगामी एक दशकभित्र नेपालको अर्थतन्त्रको आकार १०० अर्ब डलरको बनाउन सकिने बताएका छन्। परिसङ्घको २३औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले लगानी बोर्डसँगको सहकार्यमा गरिएको अध्ययनको निष्कर्ष सार्वजनिक गरेका छन् । अध्ययनअनुसार प्रचलित मूल्यमा सन् २०३३ सम्म र वास्तविक मूल्यमा सन् २०३९ सम्म उक्त लक्ष्य हासिल गर्न सकिने देखिएको छ। 

उनले भने, “बीसभन्दा बढी विज्ञले करिब आठ महिनासम्म गरेको अध्ययनअनुसार यो लक्ष्य हासिल गर्न वार्षिक औसत ६ प्रतिशत आर्थिक वृद्धि आवश्यक छ। सरकारले ७ प्रतिशत वृद्धिको लक्ष्य राखेको छ भने हाम्रो अध्ययनले दीर्घकालीन रूपमा ६ प्रतिशत वृद्धि कायम राख्न सके लक्ष्य हासिल गर्न सकिने देखाएको छ।”

यो लक्ष्य पूरा गर्न परिसङ्घले ऊर्जा, उत्पादन, पर्यटन, सूचना प्रविधि, कृषि, पूर्वाधार र संस्थागत सुधारसम्बन्धी १०० वटा सम्भावित उपाय प्रस्ताव गरेको छ। अध्ययनमा सन् २०२५ लाई आधार वर्ष मानी सन् २०३० सम्मका सुधारका प्रभावहरू विश्लेषण गरिएको पाण्डेले जानकारी दिए।

"यो लक्ष्य हासिल गर्न सरकारतर्फबाट लगानीमैत्री नीति र विकास साझेदारहरूबाट ज्ञान, वित्तपोषण तथा प्रविधिको सहयोग अपरिहार्य छ," उनले भने। अध्ययनमा निजी क्षेत्रको भूमिका, लगानी, रोजगारी सृजना र आर्थिक गतिविधि विस्तारलाई केन्द्रमा राखिएको थियो। अध्यक्ष पाण्डेले गरिबी न्यूनीकरण, विद्युत् पहुँच विस्तार, जलविद्युत् सम्भावना, युवा जनशक्ति, उद्यमशीलता, पर्यटन, रणनीतिक भौगोलिक अवस्थिति र डिजिटल क्षमतालाई यस अभियानका बलिया आधारका रूपमा उल्लेख गरेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट