घट्यो सुनको मूल्य
नेपाली बजारमा हप्ताको दोस्रो दिन सोमबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको हो।
नयाँ मूल्यसूची अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँ कायम गरिएको छ। यसअघि आइतबार सुन प्रतितोला ३ लाख ८०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार ११५ रुपैयाँ तोकिएको छ।
सुन ओरालो लागे पनि चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ। महासंघका अनुसार चाँदी प्रतितोला १० रुपैयाँले बढेर ४ हजार ९०५ रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम चाँदीको मूल्य ४ हजार २०५ रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा आउने उतारचढावकै कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य थपघट हुने गरेको महासंघले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस