Techie IT
२०८३ असार ११, बिहीबार

२४ घण्टामा २,५१९ चालक कारबाहीमा, १९ लाखभन्दा बढी राजस्व संकलन


काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने २ हजार ५१९ सवारीचालक कारबाहीमा परेका छन्। ट्राफिक नियम उल्लङ्घन गर्ने चालकबाट राज्यकोषमा १९ लाख ३१ हजार ५०२ रुपैयाँ राजस्व संकलन भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ९२ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १६३ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने ९९ जना तथा तीव्र गतिमा सवारीसाधन चलाउने ११५ जनालाई कारबाही गरिएको छ।

त्यसैगरी, ‘लेन’ अनुशासन उल्लङ्घन गर्ने १०९ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १०० जना, लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाउने तीन जना तथा निर्धारित मापदण्डभन्दा बढी धुवाँ उत्सर्जन गर्ने १९ वटा सवारीसाधनलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

यसबाहेक, विभिन्न प्रकारका अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ८१९ जना चालकलाई समेत कारबाहीको दायरामा ल्याइएको छ।

ट्राफिक प्रहरीले सवारीचालकलाई नियम पालना गर्न, मादक तथा लागुपदार्थ सेवन गरेर सवारी नचलाउन र सडक सुरक्षालाई प्राथमिकता दिन आग्रह गर्दै नियम उल्लङ्घन गर्नेविरुद्ध निगरानी तथा कारबाहीलाई निरन्तर कडाइ गरिने जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट