Techie IT
२०८३ असार १७, बुधबार

पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो (सूचीसहित)


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ घटेर आएपछि निगमले बुधबार बिहान १२:०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य घटाएको हो।

मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ तथा आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ घटाउने निर्णय गरेको छ। यसैगरी, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा १५ रुपैयाँ ९ पैसा, डिजेलमा २९ रुपैयाँ ४६ पैसा, र हवाई इन्धनमा २९ रुपैयाँ ४२ पैसा मूल्य घटेर आएपछि निगमले सोही अनुरूप मूल्य समायोजन गरेको हो।

यस्तो छ नयाँ मूल्य सूची:
पेट्रोल: प्रतिलिटर २० रुपैयाँ घट्यो।
डिजेल/मट्टितेल: प्रतिलिटर ३० रुपैयाँ घट्यो।
एलपी ग्यास (खाना पकाउने): प्रतिसिलिन्डर १०० रुपैयाँ घटेर अब रु. २,०६० कायम (यसअघि रु. २,१६० थियो)।
आन्तरिक हवाई इन्धन: प्रतिलिटर ४० रुपैयाँ घटेर रु. २२९ कायम।

निगमले अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य काठमाडौंका लागि प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले घटाएर १,५६६ डलर कायम गरेको छ। पोखरा र भैरहवाको हकमा भने 'ब्रेकइभन पोइन्ट' (नाफा घाटा नहुने बिन्दु) का आधारमा मूल्य तोकिएको छ। जसअनुसार पोखरामा १,१०० डलर र भैरहवामा १,०८५ डलर कायम गरिएको छ।

विगत केही महिनादेखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव आए पनि स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन हुन नसकेको निगमले प्रष्ट पारेको छ। आईओसीबाट नयाँ खरिद मूल्य घटेर प्राप्त भएकाले उपभोक्ता हितलाई ध्यानमा राखी यो निर्णय गरिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट