Techie IT
२०८३ असार १७, बुधबार

क्रिप्टोलाई 'ठगी' भन्ने ट्रम्पको डिजिटल युटर्न: एकै वर्षमा कमाए १ अर्ब डलरभन्दा बढी


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सी (डिजिटल मुद्रा) को व्यापारबाट मात्रै १ अर्ब डलरभन्दा बढी आम्दानी गरेको खुलासा भएको छ। ट्रम्पले सार्वजनिक गरेको सन् २०२५ को अनिवार्य वित्तीय प्रतिवेदनमा यस्तो देखिएको हो।

सार्वजनिक गरिएको ९२७ पानाको विस्तृत विवरण अनुसार ट्रम्पले आफ्ना छोराहरू र विशेष दूत स्टिभ विटकफका सन्तानहरूद्वारा स्थापित क्रिप्टो कम्पनी ‘वर्ल्ड लिबर्टी फाइनान्स’ बाट मात्रै ५० करोड डलरभन्दा बढी कमाएका छन्। ट्रम्प र उनको परिवारले यस कम्पनीको खुद नाफाको ७५ प्रतिशत हिस्सा प्राप्त गर्ने गर्छन्।

यसैगरी, राष्ट्रपति पदको शपथ लिनु तीन दिन अगाडि बजारमा ल्याइएको ‘ट्रम्प मेमे कोइन’ को रोयल्टीबाट मात्रै उनले ६३ करोड ५० लाख डलर आम्दानी गरेका छन्, यद्यपि यो डिजिटल मुद्राको बजार मूल्य सार्वजनिक भएयता निकै घटेको छ।

कुनै समय क्रिप्टोकरेन्सीको कडा आलोचना गर्दै बिटकोइनलाई ‘ठगी’ र ‘आउन लागेको विनाश’ को संज्ञा दिएका ट्रम्पको यो आम्दानी उनको अघिल्लो वर्षको तुलनामा निकै बढी हो। अघिल्लो वर्ष ट्रम्पले कुल ६० करोड डलर आम्दानी भएको विवरण बुझाएका थिए।

यस वर्ष उनले घरजग्गा व्यवसाय (रियल स्टेट), ट्रम्प ब्राण्डका बाइबल, घडी र अन्य सामग्रीको बिक्रीबाट पनि थप लाखौँ डलर कमाएका छन्। प्रतिवेदनमा क्रिप्टोकरेन्सीसँग सम्बन्धित डिजिटल वालेटहरूबाट भएका अन्य साना प्रकृतिका कारोबारहरू पनि देखाइएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट