Techie IT
२०८३ असार १८, बिहीबार

२४ घण्टामै २,१५७ चालक कारबाहीमा, २१ लाखभन्दा बढी राजस्व


काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार १५७ जना सवारीचालक ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट २१ लाख ४० हजार ५४६ रुपैयाँ राजस्व संकलन भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ८२ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १०१ जना, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १०५ जना तथा तीव्र गतिमा सवारी चलाउने ११७ जना चालकलाई कारबाही गरिएको हो।

यस्तै, लेन अनुशासन उल्लङ्घन गर्ने ७७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६१ जना, कालो सिसा प्रयोग गरेका २२ जना, एकतर्फी सडकमा सवारी चलाउने ५४ जना तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ५३८ जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि निगरानी तथा कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट