Techie IT
२०८३ असार २१, आइतबार

२४ घण्टामै १८ सय चालक कारबाहीमा, पाँच लाख राजस्व सङ्कलन


काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ८ सय १३ जना सवारीचालक कारबाहीमा परेका छन्। सडक अनुशासन मिच्ने चालकहरूमाथिको कडा कारबाहीबाट राज्यकोषमा ५ लाख २८ हजार ५ सय १ रुपैयाँ राजस्व दाखिला भएको छ। 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि गरिएको विशेष चेकिङका क्रममा मादक पदार्थ सेवन (मापेसे) गर्ने ९ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १०५ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने ११९ जना र तीव्र गतिमा सवारी हुइँक्याउने ११५ जना चालक कारबाहीमा परेका हुन्।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १०२, निषेधित क्षेत्रमा हर्न बजाउने ७९, फुटपाथमा पार्किङ गर्ने ११७, एकतर्फी (वान–वे) सडकमा सवारी कुदाउने ६५ र अन्य विविध ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार १ सय १० जना सवारीचालकलाई समेत ट्राफिक प्रहरीले कडा कारबाही गरेको छ। 

उपत्यकाको यातायात व्यवस्थापनलाई चुस्त बनाउन र सडक अनुशासन कायम राख्न नियम उल्लङ्घनकर्ताहरूमाथि निगरानी र चेकिङको अभियानलाई थप तीव्र बनाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट