आज नेपाली केराको मूल्य प्रतिदर्जन कति पुग्यो ?
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार तरकारी, फलफूल, मसला, च्याउ तथा माछाका थोक मूल्य अद्यावधिक गरिएको हो।
आजको मूल्यसूचीअनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ४५ रुपैयाँ, सानो स्थानीय गोलभेँडा ९ रुपैयाँ र टनेल गोलभेँडा २० रुपैयाँमा कारोबार हुने भएको छ। रातो आलु प्रतिकिलो ३० देखि ४८ रुपैयाँसम्म तथा भारतीय सुकेको प्याज ५५ रुपैयाँ कायम गरिएको छ।
हरियो तरकारीतर्फ स्थानीय गाजर ११० रुपैयाँ, तराई गाजर ९० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, स्थानीय बन्दा ३५ रुपैयाँ, रातो मूला २० रुपैयाँ र हाइब्रिड सेतो मूला २४ रुपैयाँ प्रतिकिलो तोकिएको छ।
सिमी तथा अन्य तरकारीमध्ये भटमासको कोसा १३० रुपैयाँ, सखरखण्ड १२० रुपैयाँ, पिँडालु १०० रुपैयाँ, इस्कुस ५० रुपैयाँ र भिन्डी ४० रुपैयाँ प्रतिकिलो कायम भएको छ।
सागपाततर्फ रायो, पालुङ्गो र चमसुरको साग प्रतिकिलो ६० रुपैयाँ तथा तोरीको साग ५० रुपैयाँमा बिक्री हुने भएको छ। च्याउमध्ये कन्य च्याउ २६० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ प्रतिकिलो १ हजार रुपैयाँ निर्धारण गरिएको छ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २५० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, अनार ५०० रुपैयाँ, मालदह आँप १५० रुपैयाँ, दशहरी आँप १६० रुपैयाँ, जुनार ३०० रुपैयाँ तथा हरियो तरबुजा प्रतिकिलो ७० रुपैयाँ कायम गरिएको छ।
मसलातर्फ अदुवा प्रतिकिलो २०० रुपैयाँ, सुकेको खुर्सानी ५०० रुपैयाँ, अकबरे खुर्सानी २२० रुपैयाँ, चाइनिज सुकेको लसुन २२० रुपैयाँ र नेपाली सुकेको लसुन १८० रुपैयाँ तोकिएको छ।
यस्तै, ताजा रहु माछा प्रतिकिलो ३४० रुपैयाँ, बचुवा र छडी माछा प्रतिकिलो ३०० रुपैयाँ तथा सुकेको माछा प्रतिकिलो १ हजार रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस