Techie IT
२०८३ असार ३०, मंगलबार

सुन–चाँदीको मूल्य फेरि घट्यो


नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १,२०० रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार यही सुन प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला केही दिनयता सुनको मूल्य लगातार ओरालो लागिरहेको छ।

त्यस्तै, आज चाँदी प्रतितोला ४ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३७५ रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव र विनिमय दरको प्रभावका कारण नेपाली बजारमा पनि सुन–चाँदीको मूल्यमा निरन्तर परिवर्तन भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट