Techie IT
२०८३ भाद्र २६, शुक्रबार

विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र उछाल, प्रतिब्यारेल ८५ डलर नाघ्यो


अमेरिका र इरानबिचको युद्धविराम भङ्ग भई सैन्य तनाव उत्कर्षमा पुगेपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र उछाल आएको छ। शनिबारदेखि सुरु भएको हवाई तथा मिसाइल आक्रमण र इरानद्वारा विश्वकै रणनीतिक तेल मार्ग ‘हर्मुज स्ट्रेट’ बन्द गर्ने चेतावनीका कारण तेल आपूर्ति ठप्प हुने डरले बजार आतङ्कित बनेको हो। 

अन्तर्राष्ट्रिय बेन्चमार्क ‘ब्रेन्ट क्रुड’को मूल्य नाटकीय रूपमा बढेर प्रतिब्यारेल ८५ डलर नाघेको छ, जुन गत आइतबार मात्र ७६.०१ डलर थियो। यस्तै, अमेरिकी बजारको ‘वेस्ट टेक्सास इन्टरमिडिएट’ (WTI) को मूल्य पनि प्रतिब्यारेल ८० डलर आसपास पुगेको छ।

विश्वको कुल कच्चा तेल र तरल प्राकृतिक ग्याँस आपूर्तिको करिब पाँचौँ हिस्सा ओसारपसार हुने हर्मुज जलमार्गमा बढ्दो तनाव र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक अभिव्यक्तिले अनिश्चितता झनै बढाएको छ। 

ट्रम्पले इरान वार्तामा नआए आगामी हप्ता त्यहाँका विद्युतगृह र पुलहरूमा समेत बमबारी गर्ने धम्की दिएका छन्। यसअघि हर्मुज मार्ग प्रयोग गर्ने जहाजहरूमा २० प्रतिशत कार्गो शुल्क लगाउने आफ्नो विवादास्पद घोषणाबाट पछि हट्दै ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत खाडी मुलुकहरूले अमेरिकासँग ‘विशाल’ व्यापार र लगानी सम्झौता गर्ने नयाँ दाबी गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट