अब बैंक खातामा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा खाता रहेका सबै ग्राहकका लागि राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्ने व्यवस्था अनिवार्य गरेको छ । यो नियम राष्ट्रिय परिचयपत्र लागू हुनुअघि खाता खोलेका पुराना ग्राहकहरूको हकमा समेत लागू हुनेछ ।
केन्द्रीय बैंकको नयाँ निर्देशन अनुसार इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले आगामी असोज मसान्तभित्र आफ्ना ग्राहकबाट मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त डिजिटल माध्यममार्फत राष्ट्रिय परिचयपत्र भए/नभएको स्वघोषणा लिनुपर्नेछ ।
नयाँ व्यवस्थाका मुख्य बुँदाहरू:
परिचयपत्र लिसकेका नागरिक: राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका नेपाली नागरिकको हकमा बैंकहरूले परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर लिएर अनिवार्य रूपमा खाता अद्यावधिक (Update) गर्नुपर्नेछ ।
परिचयपत्र लिन बाँकी नागरिक: हालसम्म परिचयपत्र नबनाएका ग्राहकहरूलाई थप ६ महिनाको समय दिइएको छ । उनीहरूले आगामी पुस मसान्तभित्र परिचयपत्र नम्बर लिई बैंकमा अद्यावधिक गराउनुपर्ने सम्बन्धी जानकारी बैंकहरूले दिनुपर्नेछ ।
तर, १६ वर्षमुनिका बालबालिकाको नाममा खोलिने बैंक खाताको हकमा भने राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस