आज कति पुग्यो गोलभेँडाको मूल्य ?
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको नयाँ थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार नेपाली ठूलो गोलभेँडाको मूल्य प्रतिकिलो ४५ रुपैयाँ, भारतीय ठूलो गोलभेँडाको ३८ रुपैयाँ, लोकल सानो गोलभेँडाको १२ रुपैयाँ र टनेलको सानो गोलभेँडाको मूल्य २५ रुपैयाँ तोकिएको छ।
यस्तै, रातो लाम्चो आलु प्रतिकिलो ४८ रुपैयाँ, रातो गोलो र मुढे आलु ४६ रुपैयाँ, भारतीय रातो आलु ३८ रुपैयाँ, सेतो आलु ३८ रुपैयाँ तथा भारतीय सुकेको प्याज प्रतिकिलो ५६ रुपैयाँ कायम गरिएको छ।
तरकारीतर्फ लोकल गाजर प्रतिकिलो ११० रुपैयाँ, तराईको गाजर ९० रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ८५ रुपैयाँ, हाइब्रिड सेतो मूला ३० रुपैयाँ, लाम्चो भन्टा ४० रुपैयाँ र डल्लो भन्टा ५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, तने बोडी, लोकल घिउ सिमी र राजमा सिमी प्रतिकिलो १०० रुपैयाँ, मकै बोडी ६० रुपैयाँ, हाइब्रिड घिउ सिमी ८० रुपैयाँ, टाटे सिमी ७० रुपैयाँ तथा भटमास कोसा १२० रुपैयाँ तोकिएको छ।
तीते करेला र लोकल तथा तराईको परवर प्रतिकिलो ४० रुपैयाँ, लौका, फर्सी पाकेको र इस्कुस ६० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौँला र भिन्डी ५० रुपैयाँ, झिगुनी ७० रुपैयाँ, लाम्चो हरियो फर्सी ९० रुपैयाँ, डल्लो हरियो फर्सी ५० रुपैयाँ, सखरखण्ड १२० रुपैयाँ र पिँडालु प्रतिकिलो १०० रुपैयाँ कायम भएको छ।
सागसब्जी र च्याउतर्फ रायो, पालुङ्गो र चमसुरको साग प्रतिकिलो १२० रुपैयाँ, तोरी र हरियो प्याजको साग १०० रुपैयाँ निर्धारण गरिएको छ। कन्नी च्याउ प्रतिकिलो २७० रुपैयाँ, डल्ले च्याउ ५०० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउको मूल्य प्रतिकिलो १,००० रुपैयाँ पुगेको छ।
त्यस्तै, कुरिलो प्रतिकिलो ४०० रुपैयाँ, निगुरो, जिरीको साग र सौफको साग १०० रुपैयाँ, ब्रोकाउली १४० रुपैयाँ, चुकन्दर ६० रुपैयाँ, रातो बन्दा ५० रुपैयाँ, सेलरी २०० रुपैयाँ, पार्सले ३५० रुपैयाँ, पुदिना ३०० रुपैयाँ, गान्टेमूला ९० रुपैयाँ, इमली १८० रुपैयाँ, तामा र तोफु १६० रुपैयाँ तथा गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकिएको छ।
फलफूल बजारमा फुजी स्याउ र जुनार प्रतिकिलो ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २५० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती १८० रुपैयाँ, अनार ५०० रुपैयाँ, मालदह आँप १६० रुपैयाँ, दशहरी आँप १७० रुपैयाँ, हरियो तरबुजा ७० रुपैयाँ, नास्पाती र लोकल काँक्रो ९० रुपैयाँ, हाइब्रिड काँक्रो २५ रुपैयाँ, लोकलक्रस काँक्रो ८० रुपैयाँ, रूखकटहर ५० रुपैयाँ, नेपाली मेवा ९० रुपैयाँ, भारतीय मेवा १२० रुपैयाँ तथा भुइँकटहर प्रतिगोटा २०० रुपैयाँमा बिक्री भइरहेको छ।
मसला र माछातर्फ अदुवा प्रतिकिलो २३० रुपैयाँ, सुकेको खुर्सानी ५०० रुपैयाँ, हरियो लाम्चो खुर्सानी ७० रुपैयाँ, बुलेट खुर्सानी ६० रुपैयाँ, माछे खुर्सानी ५० रुपैयाँ, भेडे खुर्सानी ६० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, हरियो लसुन १०० रुपैयाँ र हरियो धनियाँ ३०० रुपैयाँ कायम गरिएको छ।
साथै, सुकेको चाइनिज लसुन प्रतिकिलो २२० रुपैयाँ, सुकेको नेपाली लसुन २०० रुपैयाँ, सुकेको माछा १,००० रुपैयाँ, ताजा रहु माछा ३४० रुपैयाँ तथा बचुवा र छडी माछा प्रतिकिलो ३०० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस