Techie IT
२०८३ असोज ६, मंगलबार

प्यान नलिई व्यवसाय गर्नेलाई कारबाहीको चेतावनी, कारोबार गर्दा अनिवार्य बिल लिन विभागको अपिल


आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा अनिवार्य रूपमा बीजक (बिल) लिन र दिन उपभोक्ता तथा व्यवसायीहरूलाई आग्रह गरेको छ। कर अनुपालन अभिवृद्धि गर्न र वास्तविक कारोबारलाई कर प्रणालीको दायरामा ल्याउन विभागले सार्वजनिक सूचनामार्फत यस्तो अनुरोध गरेको हो।

करदातालाई प्रोत्साहन गर्न हाल ‘उपहार कार्यक्रम’ समेत सञ्चालन भइरहेको विभागले जनाएको छ। उक्त कार्यक्रममा सहभागी भई पुरस्कार दाबी गर्न खरिद बिल अनिवार्य हुने भएकाले उपभोक्तालाई सामान वा सेवा लिँदा अनिवार्य रूपमा बिल माग्न आग्रह गरिएको छ।

यसैगरी, हालसम्म स्थायी लेखा नम्बर (प्यान) लिई व्यवसाय सञ्चालन नगरेकाहरूलाई तत्काल प्यान लिएर कानुनी दायरामा आउन विभागले ताकेता गरेको छ। वस्तु तथा सेवा बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा बिक्री बिल जारी गर्नुपर्ने कानुनी व्यवस्थाको स्मरण गराउँदै विभागले यस कदमले कर प्रणालीलाई थप पारदर्शी बनाउने स्पष्ट पारेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट