आजको तरकारी र फलफूलको मूल्य सूची हेर्नुहोस्
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
समितिले निर्धारण गरेको मूल्यसूची अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४० रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ५१ रुपैयाँ, आलु रातो (गोलो) ५२ रुपैयाँ, आलु रातो (मुढे) ५२ रुपैयाँ, आलु रातो (भारतीय) ३७ रुपैयाँ, आलु सेतो ३५ रुपैयाँ र सुकेको प्याज (भारतीय) ५७ रुपैयाँ कायम भएको छ।
यसैगरी, गाजर (लोकल) प्रतिकिलो १२० रुपैयाँ, गाजर (तराई) ८० रुपैयाँ, बन्दा (लोकल) ४० रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला (हाइब्रिड) ३० रुपैयाँ, भन्टा लाम्चो ५० रुपैयाँ र भन्टा डल्लो ६० रुपैयाँ निर्धारण गरिएको छ।
तने बोडी ९० रुपैयाँ, मकै बोडी १०० रुपैयाँ, घिउ सिमी (लोकल र हाइब्रिड दुवै) ९० रुपैयाँ, टाटे सिमी १०० रुपैयाँ, भटमास कोसा १०० रुपैयाँ, तीते करेला ५० रुपैयाँ, लौका ६० रुपैयाँ, परवर (लोकल र तराई दुवै) ६० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौँला ४० रुपैयाँ, झिगुनी ६० रुपैयाँ, पाकेको फर्सी ६० रुपैयाँ, हरियो फर्सी (डल्लो) ६० रुपैयाँ, भिन्डी ६० रुपैयाँ, सखरखण्ड १२० रुपैयाँ, पिँडालु १०० रुपैयाँ र स्कुस ५० रुपैयाँ कायम छ।
सागपाततर्फ रायोसाग प्रतिकिलो १५० रुपैयाँ, पालुङ्गो २५० रुपैयाँ, तोरीको साग १२० रुपैयाँ, हरियो प्याज १५० रुपैयाँ, च्याउ (कन्य) ३०० रुपैयाँ, च्याउ (डल्ले) ५०० रुपैयाँ, राजा च्याउ ३३० रुपैयाँ र सिताके च्याउ १,००० रुपैयाँसम्म पुगेको छ। त्यस्तै, कुरिलो ४५० रुपैयाँ, निगुरो १०० रुपैयाँ, ब्रोकाउली १२० रुपैयाँ, चुकन्दर ७० रुपैयाँ, सजीवन ३०० रुपैयाँ, जिरीको साग ४०० रुपैयाँ, सेलरी २५० रुपैयाँ, पार्सले १,४०० रुपैयाँ र पुदिना ५०० रुपैयाँ निर्धारण गरिएको छ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन ३०० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती २३० रुपैयाँ, अनार ५०० रुपैयाँ, मालदह आँप २८० रुपैयाँ, चोसा आँप २५० रुपैयाँ, हरियो तरबुजा ७० रुपैयाँ, जुनार ३०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ, एभोकाडो ५०० रुपैयाँ र काँचो नरिवल ८० रुपैयाँ तोकिएको छ।
मसला तथा अन्य वस्तुमा अदुवा प्रतिकिलो २३० रुपैयाँ, सुकेको खुर्सानी ५५० रुपैयाँ, हरियो खुर्सानी (लाम्चो र माछे दुवै) ७० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, भेडे खुर्सानी १०० रुपैयाँ, हरियो धनियाँ २०० रुपैयाँ, चाइनिज सुकेको लसुन २४० रुपैयाँ, नेपाली सुकेको लसुन २०० रुपैयाँ र ताजा रहु माछा ३४० रुपैयाँ कायम गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस