यातायात कार्यालयको राजस्वमा उल्लेख्य वृद्धि
यातायात व्यवस्था सेवा कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा कुल एक करोड ९४ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा गत आवमा करिब ५० लाख रुपैयाँ बढी राजस्व जम्मा भएको कार्यालयले जनाएको छ।
चालक अनुमतिपत्र (लाइसेन्स) तथा सवारीसाधनको सङ्ख्यामा भएको वृद्धि र सेवाप्रवाह छिटोछरितो तथा प्रभावकारी बनाइएका कारण राजस्व सङ्कलनमा वृद्धि भएको कार्यालय प्रमुख राजेन्द्र कार्कीले जानकारी दिएका छन्।
कार्यालय प्रमुख कार्कीले दिएको जानकारीअनुसार गत आवमा सङ्कलन भएको कुल राजस्वको शीर्षकगत विवरण
सवारीसाधन कर: रु एक करोड ३९ लाख तीन हजार
सवारी दर्ता किताब दस्तुर: रु ६४ लाख ९२ हजार
पकेट तथा रुट परमिट: रु १८ लाख ८८ हजार
अग्रिम आयकर: रु छ लाख ६८ हजार
बेरुजु असुली: रु एक हजार ५७५



तपाईको प्रतिक्रिया दिनुहोस