बाढीपछिको पुनर्निर्माण गर्न ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने अर्थमन्त्री वाग्लेको दाबी
नेपाल–चीन सीमा क्षेत्रमा भदौ १० गते विहान भोटेकोशीमा आएको विनाशकारी बाढी र पहिरोपछि संरचनागत पुनर्निर्माणका लागि नेपाललाई ४ देखि ५ अर्ब अमेरिकी डलर (करिब ५ खर्ब ३२ अर्बदेखि ६ खर्ब ६५ अर्ब नेपाली रुपैयाँ) आवश्यक पर्ने भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रोयटर्ससँग कुरा गर्दै बाढीका कारण मुलुकमा ठुलो आर्थिक तथा भौतिक क्षति पुगेको र पुनर्निर्माणका लागि यो रकम प्रारम्भिक रूपमा आवश्यक पर्ने बताएका छन्। यो कुल खर्च नेपालको अर्थतन्त्रको आकारको करिब एक दसमोश (दश प्रतिशत) बराबर हुन आउँछ।
प्रारम्भिक अनुमान ४ देखि ५ अर्ब डलरको बीचमा छ । यो केवल एक अनुमान मात्र हो । मन्त्री वाग्लेले भने- "२०१५ को भूकम्पका बेला जति आवश्यक परेको थियो, यसपटक हामीलाई त्योभन्दा धेरै कम रकम आवश्यक पर्नेछ। हाल बाढीबाट भएको क्षति तथा नोक्सानीको विस्तृत मूल्याङ्कन भइरहेको छ।"
बुधबार आएको बाढीले सीमा क्षेत्रका बस्तीहरूमा ठुलो क्षति पुर्याएको छ। बाढीले सडक, पुलहरू बगाउनुका साथै राष्ट्रिय उत्पादन क्षमताको १२ प्रतिशतभन्दा बढी हिस्सा ओगटेका प्रमुख जलविद्युत आयोजनाहरूमा समेत गम्भीर क्षति पुर्याएको छ।
२०१५ सालको ७.८ म्याग्निच्युडको भूकम्पले ९ हजार मानिसको ज्यान लिनुका साथै ५ लाखभन्दा बढी घरहरू ध्वस्त पारेको थियो । त्यो बेला अर्थतन्त्रको करिब एक तिहाइ बराबरको क्षति पुगेको थियो। तुलनात्मक रूपमा यसपटकको खर्च कम भए पनि रेमिट्यान्स, पर्यटन र जलविद्युतमा आश्रित नेपाली अर्थतन्त्रका लागि यो बाढी एक ठुलो झट्का बनेको छ।
सरकारले अहिले उद्धार तथा राहत कार्यलाई प्राथमिकता दिँदै बाढीबाट भएको कुल क्षतिको पूर्ण विवरण सङ्कलन र पुनर्निर्माणको खाका तयार पार्ने कामलाई तीव्र रूपमा अघि बढाइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस