बाढीपीडितका लागिजी मनि ट्रान्सद्वारा प्रधानमन्त्री कोषमा २२ लाख सहयोग
रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको खोजी, उद्धार तथा राहतका लागि दक्षिण कोरियास्थित 'जी मनि ट्रान्स' (G Money Trans) ले प्रधानमन्त्री प्रकोप उद्धार कोषमा १५ हजार अमेरिकी डलर (नेपाली २२ लाख ८० हजार रुपैयाँ) आर्थिक सहयोग गरेको छ।
बाढीका कारण प्रभावित नागरिक तथा समुदायको राहत, पुनस्थापना र आवश्यक सहयोगमा योगदान पुर्याउने उद्देश्यले उक्त आर्थिक सहयोग प्रदान गरिएको कम्पनीले जनाएको छ।
यसैबीच, विपद्को यो कठिन घडीमा दक्षिण कोरियामा रहेका नेपालीहरूले आफ्ना परिवारलाई सहज, छिटो र सुरक्षित रूपमा आर्थिक सहयोग पठाउन सकून् भन्ने उद्देश्यले कोरियाबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गरिएको कम्पनीले जानकारी दिएको छ।
साथै, विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै कम्पनीले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। यस संवेदनशील समयमा उद्धार, राहत तथा पुनस्थापना कार्यमा अहोरात्र खटिनुभएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित सबै निकायहरूप्रति कम्पनीले हार्दिक कृतज्ञतासमेत व्यक्त गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस