Techie IT
२०८३ असोज १, बिहीबार

भोटेकोशी बाढीपीडितका लागि काठमाडौं विश्वविद्यालयद्वारा ८५ लाख सहयोग


रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि काठमाडौं विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८५ लाख रुपैयाँ सहयोग गरेको छ।

विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयअनुसार उक्त रकम विश्वविद्यालयको तर्फबाट एकेडेमिया इन्ड्रस्ट्री कोअपरेसन विभागका प्रमुख लक्ष्मण लामाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई बिहीबार हस्तान्तरण गरेका हुन्।

विपद्का कारण ठूलो जनधनको क्षति भएको अवस्थामा पीडित समुदायप्रति ऐक्यबद्धता जनाउँदै विश्वविद्यालयले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो। शिक्षा, अनुसन्धान र ज्ञान उत्पादनसँगै विपद् र सङ्कटका बेला मानवीय सहायतामा पनि अग्रसर रहँदै आएको विश्वविद्यालयले जनाएको छ।

रकम हस्तान्तरण गर्दै विभागका प्रमुख लामाले विपद्मा परेका परिवारको राहत र पुनःस्थापनाका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। उनले कठिन परिस्थितिमा पीडित नागरिकको साथमा विश्वविद्यालय रहेको उल्लेख गर्दै मानवीय सहयोगलाई संस्थागत दायित्वका रूपमा लिइएको बताए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट