Techie IT
२०८३ असोज २, शुक्रबार

विद्युत् प्राधिकरणद्वारा बाढीमा बेपत्ता कर्मचारी र कामदारका परिवारका लागि राहत प्याकेज घोषणा


नेपाल विद्युत् प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका कर्मचारी तथा कामदारका परिवारका लागि तात्कालीन राहत प्याकेज घोषणा गरेको छ।

बाढीका कारण १३ वटा जलविद्युत् आयोजनामा क्षति पुग्नुका साथै थुप्रै कर्मचारी र कामदारहरू बेपत्ता भएका छन्। जसमध्ये प्राधिकरणअन्तर्गत मात्रै ४७ जना कर्मचारी तथा कामदार बेपत्ता रहेका छन्। 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार साँझ बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बेपत्ताहरूको खोजी, सामाजिक संस्कार र जीवनयापनका लागि राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले जानकारी दिएका छन्।

राहत प्याकेजका प्रमुख बुँदाहरू:

पहिलो प्याकेज (तत्काल राहत): बेपत्ता भएका स्थायी कर्मचारी, ज्यालादारी तथा सेवा करारका कामदारका नजिकका हकवालालाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ उपलब्ध गराउने।

दोस्रो प्याकेज (निर्वाह भत्ता): अर्को निर्णय नभएसम्म वा भदौ महिनादेखि लागू हुने गरी बढीमा ६ महिनासम्म बेपत्ता स्थायी कर्मचारीका हकवालालाई उनको सुरु तलब स्केलको ५० प्रतिशत रकम निर्वाह भत्तास्वरूप उपलब्ध गराउने।

बैठकमा मन्त्री श्रेष्ठले बेपत्ता भएका कर्मचारी तथा कामदारका परिवारको जिम्मेवारी सरकारले लिने बताए। ‘हामी एउटै परिवार हौं। यो रकमले यत्रो ठूलो दुःखको घाउ त निको पार्दैन, तर मल्हम लगाउने काम गर्छ,’ मन्त्री श्रेष्ठले भने।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट