Techie IT
२०८३ असोज ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा, नगद लाभांश पारित हुँदै


कुमारी बैंक लिमिटेड (KBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ।

बैंकको सञ्चालक समितिले गरेको निर्णयअनुसार आगामी असोज २८ गते, बुधबार काठमाडौँको सुवर्ण सम्शेर सडकस्थित सिल्भर ओक ब्यान्क्वेट एण्ड इभेन्ट्समा बैंकको २६औँ वार्षिक साधारण सभा बस्ने भएको छ। उक्त सभा बिहान ११:०० बजेबाट सुरु हुनेछ।

साधारण सभाले हाल कायम चुक्ता पूँजीको २.०१५६ प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्तावलाई मुख्य एजेन्डाको रूपमा अनुमोदन गर्नेछ। साथै, सभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गर्ने र आगामी कार्यकालका लागि लेखापरीक्षक नियुक्त गर्नेलगायतका अत्यावश्यक प्रस्तावहरू समेत पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले आगामी असोज १९ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरू मात्रै बैंकको उक्त साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट