Techie IT
२०८३ जेष्ठ ११, सोमबार

सुनको मूल्य पाँच सयले बढ्यो


काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ५०० ले बढेको छ ।

सोमबार प्रतितोला रु  एक लाख ८८ हजार तीन सयमा खरिदबिक्री भएको सुनको मूल्य आज रु ५०० ले बढेर रु  एक लाख ८८ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला रु एक हजार ९७० कायम भएको छ । सोमबार पनि सोही परिमाणको चाँदी त्यति नै मूल्यमा कारोबार भएको थियो ।  
    
अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट