Techie IT
२०८३ असार ३०, मंगलबार

गण्डकीमा बाढी-पहिरोको वितण्डा: ४ प्रमुख सडक ठप्प, यात्रा नगर्न प्रहरीको चेतावनी


File Photo

लगातारको वर्षासँगै आएको विनाशकारी पहिरोका कारण गण्डकी प्रदेशका चारवटा मुख्य सडक खण्डहरू अवरुद्ध भएका छन्। पहिरोका कारण तीनवटा सडक पूर्ण रूपमा ठप्प भएका छन् भने एउटा राजमार्गमा बलेका सवारीसाधन एकतर्फी मात्र सञ्चालन भइरहेका छन्।

प्रहरीका अनुसार नवलपुरको गैँडाकोट नगरपालिका-३ स्थित बिसपानी नजिकै कालिगण्डकी करिडोर सडक खण्डमा ठूलो पहिरोसँगै ढुङ्गामाटो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, म्याग्दीको बेनी नगरपालिका-४ घुमाउनेभीरस्थित बेनी-दरबाङ सडक खण्डमा माटोसहितको पहिरो खस्दा आवतजावत पूर्ण रूपमा बन्द भएको छ।

हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने बेनी-जोमसोम सडक खण्ड पनि पहिरोका कारण अवरुद्ध भएको छ। म्याग्दीकै अन्नपूर्ण गाउँपालिका-२ नैनीभीर क्षेत्रमा पहिरो खस्दा बेनी-जोमसोम सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

अर्कातर्फ, सिद्धार्थ राजमार्ग भने आंशिक रूपमा सुचारु भएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका-१४ सम्सेबोला क्षेत्रमा रुखसहितको पहिरो खसेर केही समय अवरुद्ध बनेको उक्त राजमार्ग हाल एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।

वर्षायाममा बाढी, पहिरो तथा डुबानको जोखिम उच्च रहने भएकाले अत्यावश्यक कामबाहेक जोखिमपूर्ण क्षेत्रको यात्रा नगर्न र यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न प्रहरीले सर्वसाधारणमा विशेष आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट