Techie IT
२०८२ कार्तिक ८, शनिबार

उत्तराखण्ड बाढी–पहिरोमा सम्पर्कविहीन नेपालीको खोज उद्धारमा नेपाली समाजको गम्भीर चासो (विज्ञप्ती सहित)


भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशी जिल्लामा गत ५ अगस्ट २०२५ मा आएको भीषण बाढी र पहिरोले जनजीवनमा ठूलो क्षति पुर्‍याएको छ । 

उत्तराखण्ड प्रहरीले हालसम्म ३७२ जनालाई सुरक्षित उद्धार गरेको छ भने दुःखद रूपमा २ जनाको शव फेला परेको पुष्टि गरेको छ। नेपाल सरकारको दूतावासले दिएको जानकारीअनुसार, उद्धार भएका र मृत्यु भएका व्यक्तिहरूमा अहिलेसम्म कुनै पनि नेपाली नागरिक छैनन्। यद्यपि, केही नेपाली नागरिक अझै सम्पर्कविहीन रहेको आशंका व्यक्त गरिएको छ, जसप्रति हाम्रो गहिरो चिन्ता व्यक्त गरिएको छ।

यस विपत्तिको समयमा नेपाली समाज भारत केन्द्रीय समितिले भारत सरकार, उत्तराखण्ड राज्य सरकार, स्थानीय प्रशासन र नेपाल सरकारको दूतावाससँग समन्वय गर्दै पीडित नेपालीहरूको अवस्था बुझ्न, उद्धार र राहत कार्य तीव्र बनाउन सक्रिय पहल गरिरहेको आज एक विज्ञप्ति मार्फत जनाएको छ । समितिका प्रदेश तथा स्थानीय इकाइहरू पनि सक्रियमुक्त रूपमा परिचालित रहेको जनाएको छ ।

नेपाली समाज भारतले यस प्रकोपमा परी जीवन गुमाएका सबैको आत्माको शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै सम्पर्कविहीन नेपाली दाजुभाइ र दिदीबहिनीहरूको सुरक्षित उद्धारका लागि शीघ्र प्रयास जारी राख्ने प्रतिबद्धता जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट