Techie IT
२०८३ असोज २६, सोमबार

दाङमा टिपरको ठक्करबाट बालकको मृत्यु


दाङको घोराहीमा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

घोराही-लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका-३, कुइरेपानीमा रा १ ख २५११ नम्बरको टिपरले साँझ ठक्कर दिँदा प्युठानको नौबहिनी गाउँपालिका-१ का बालक राजन अधिकारीको मृत्यु भएको हो ।

टिपरको भीषण ठक्करबाट गम्भीर घाइते भएका अधिकारीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

घटनापछि आक्रोशित स्थानीयले दोषी चालकमाथि कडा कारबाही र पीडित परिवारलाई उचित न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका छन् । ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिसकिएको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट