सूर्यविनायक नगरपालिकामा १८ जना करार कर्मचारीका लागि दरखास्त आह्वान

भक्तपुरको सूर्यविनायक नगरपालिकाले करार सेवामा विभिन्न पदका लागि कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको छ । नगरपालिकाले आज सूचना प्रकाशित गर्दै १८ पदमा आवेदन माग गरेको हो ।
योग्य र इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्ने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले सबैभन्दा धेरै ८ जना नगर प्रहरी जवान माग गरेको छ । त्यस्तै, कृषि र पशुपन्छी सेवातर्फ चौथो तहका लागि २–२ जना प्राविधिक सहायक, पाँचौ तहका लागि आप्रवासी स्रोत केन्द्र परामर्शकर्ता र मनोसामाजिक परामर्शकर्ता पदमा १–१ जना, रिटर्नी स्वयंसेवक र फार्मेसी सहायक पदमा २–२ जना दरखास्त आह्वान गरिएको छ ।
नगरपालिकाका अनुसार, आवेदन फाराम, आवश्यक योग्यता तथा विस्तृत जानकारी आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ । योग्यता पुगेका इच्छुक व्यक्तिलाई तोकिएको समयभित्र आवश्यक कागजातसहित दरखास्त दिन आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस