Techie IT
२०८३ असार ३०, मंगलबार

नेपाल राष्ट्र बैंकद्वारा ७६ जना कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान


नेपाल राष्ट्र बैंकले ७६ जना कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। आज शुक्रबार सार्वजनिक गरिएको विज्ञापनअनुसार तृतीय श्रेणीका अधिकृतदेखि द्वितीय श्रेणीका सहायकसम्मका पदका लागि आवेदन खुला गरिएको हो।

तृतीय श्रेणीतर्फ अर्थशास्त्रमा १ जना, व्यवस्थापनमा १ जना, प्रशासनमा ३९ जना, लेखामा १० जना र वाणिज्य–कानुन समूहमा ४ जना सहायक निर्देशक माग गरिएको छ। त्यसैगरी, द्वितीय श्रेणीतर्फ २१ जना प्रशासन सहायक माग गर्दै राष्ट्र बैंकले दरखास्त आह्वान गरेको छ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले शुक्रबारदेखि पुस १० गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर पुस १७ गतेसम्म फाराम भर्न सकिने व्यवस्था गरिएको छ।

परीक्षा दस्तुर तृतीय श्रेणीका लागि कुनै एक समूहमा आवेदन दिन १ हजार रुपियाँ तोकिएको छ भने समावेशी समूहबाट पनि आवेदन दिँदा प्रत्येक समूहका लागि अतिरिक्त ४०० रुपियाँ लाग्नेछ। सहायक द्वितीय श्रेणीका लागि दस्तुर ८०० रुपियाँ र समावेशीतर्फ अतिरिक्त ३०० रुपियाँ निर्धारण गरिएको छ।

फर्मभर्न तलको लिङ्कमा जानुहोस्

https://jobs.nrb.org.np 

सूचना -

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट