Techie IT
२०८३ असोज २८, बुधबार

सभापति रवि लामिछानेलाई थुनामै पठाउने आदेश जारी


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामै पठाउने आदेश जारी भएको छ।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश दिएको हो। बुटवलस्थित सुप्रीम सहकारी ठगी प्रकरणमा लामिछाने गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा छन्।

लामिछानेले आफू सहकारी ठगीमा संलग्न नभएको दाबी गर्दै बचतकर्ताको बचत फिर्ता गर्ने सुनिश्चितता आफ्नै पहलमा गर्न चाहेको बताएका छन्। उनले आफ्नो भागको बिगो बराबरको जमानत राखेर रिहा हुन माग गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट