Techie IT
२०८३ असार २९, सोमबार

जेन–जी आन्दोलनमा टीओबी समूहका सदस्यले पेस्तोल बोकेको फोटो सार्वजनिक, प्रहरी अनुसन्धान सुरु


जेन–जी आन्दोलनको क्रममा टीओबी समूहका एक सदस्यले पेस्तोल बोकेको तस्वीर सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

सामाजिक सञ्जालमा भाइरल बनेका तस्वीरहरूमा ‘टीओबी’ लेखिएको ज्याकेट लगाएका व्यक्तिले कम्मरको पछाडि भागमा पेस्तोल जस्तो वस्तु घुसार्दै गरेको देखिन्छ।

तर, ती व्यक्तिले वास्तवमै पेस्तोल बोकेका हुन् वा होइनन् भन्ने विषयमा अहिले सम्म यकिन पुष्टि भएको छैन। तस्वीरको स्रोत र प्रामाणिकता पनि पुष्टि हुन बाँकी छ।

‘पेस्तोल बोकेको पुष्टि भइसकेको छैन। तर, यसबारे आन्तरिक रूपमा अनुसन्धान सुरु गरिएको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले जानकारी भने।

प्रहरीका अनुसार, टीओबी समूहसहित आन्दोलनमा संलग्न अन्य समूह र व्यक्तिहरूका अराजक गतिविधि, तोडफोड र आगजनीका घटनाबारे पनि अनुसन्धान भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट