Techie IT
२०८२ माघ २९, बिहीबार

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आजदेखि राहदानीसम्बन्धी सेवा पुनः सुरु


जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आजदेखि राहदानीसम्बन्धी सेवा पुनः सुरु गरिएको छ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा कार्यालय भवनमा भएको आगजनी र तोडफोडका कारण राहदानी सेवा स्थगित भएको थियो।

सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी मुक्तिराम रिजालका अनुसार, रोकिएको राहदानी सेवा आजदेखि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म दुई सिफ्टमा सञ्चालन हुने भएको छ।

उनका अनुसार अनलाइन आवेदन फारम भने साँझ ५ बजेसम्म मात्र खुला रहनेछ।

सेवाग्राहीको अत्यधिक चाप र सीमित आवेदन स्टेशनका कारण सेवाग्राहीहरूलाई बेलुका ५ बजेसम्म नै कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट