Techie IT
२०८२ पौष १, मंगलबार

तारकेश्वरमा लुटपाटमा संलग्न दुई युवक पक्राउ


तारकेश्वर नगरपालिका–५, गोलढुंगा फूलबारी गेट नजिक लुटपाटमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुधबार राति करिब ११ बजे एक युवकलाई लुटपाट गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गाउँपालिका–५ का २६ वर्षीय सूर्यबहादुर घलान र सिन्धुली दुधौली नगरपालिका–१० का २३ वर्षीय मनोज चौधरी रहेका छन्। दुवैजना हाल काठमाडौंको बूढानीलकण्ठमा बस्दै आएका थिए। बा ४२ प ४०६९ नम्बरको कालो पल्सर मोटरसाइकलमा आएका उनीहरूले धारिलो हतियार देखाएर एक युवकसँग रहेको ब्याग लुटेको प्रहरीले जनाएको छ।

घटनापछि खटिएको प्रहरी टोलीले मोटरसाइकल र लुटिएको ब्यागसहित दुबै जनालाई पक्राउ गरेको हो। लुटिएको ब्यागमा केही नगद रकम र ‘Rolex’ लेखिएको एक घडी लगायतका सामग्री रहेका थिए।

पक्राउ परेकाहरूको साथबाट खुकुरी, ट्रामाडोल नामको लागूपदार्थ र अन्य सामान पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

हाल उनीहरूलाई प्रहरी वृत्त बालाजुमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट