Techie IT
२०८३ जेष्ठ ५, मंगलबार

जेनजी प्रदर्शनका क्रममा हतियार लुटपाटमा संलग्न ५ जना पक्राउ


गत भदौ २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा सुरक्षाकर्मीको पेस्तोल र गोली गठ्ठा लुटपाट गरी बिक्री–वितरण गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये पेस्तोल लुटपाटमा संलग्न धादिङ धुनिवेशी गाउँपालिका घर भई काठमाडौं महानगरपालिका–१५ ट्राफिक बिट नजिक चरा पसलमा काम गर्ने २१ वर्षीय कृष्ण गुरुङ छन्।

त्यसैगरी, हतियार खरिद तथा बिक्री–वितरणमा संलग्न काठमाडौं–१५ भगवापाउँ जर्मन क्वाटर बस्ने २५ वर्षीय राजन देउला, भारत मोतिहारी सितामणी घर भई काठमाडौं–१५ ट्राफिक कार्यालय नजिक बस्ने २४ वर्षीय अकबर खान, काठमाडौं–१५ बिजेश्वरी रिट्रिट अपार्टमेण्ट नजिक बस्ने २६ वर्षीय सुमिन शाक्य, र काठमाडौं–३१ बानेश्वर घर भई क्षेत्रपाटी चोकमा कपडा पसल सञ्चालन गर्ने ३८ वर्षीय प्रभात मल्ल पक्राउ परेका हुन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट १ थान पेस्तोल, १ थान म्याग्जिन र १५ थान गोली बरामद गरिएको छ।

उनीहरूविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिइएको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट