विभिन्न जिल्लाबाट १३ जना अवैध लागूऔषधसहित पक्राउ
नेपाल प्रहरीले विभिन्न जिल्लामा अभियान चलाउँदै शनिबार १३ जनालाई अवैध लागूऔषधसहित पक्राउ गरेको छ।
काठमाडौंबाट ब्राउनसुगर, झापा र कैलालीबाट खैरो हेरोइन, पर्साबाट गाँजा, बाँकेबाट नाइट्राजेपाम र ट्रामाडोल लगायतका लागूऔषध बरामद गरिएको छ। पक्राउ परेका व्यक्तिहरू फरक–फरक जिल्लाका छन्।
प्रहरीका अनुसार सबै पक्राउ परेका व्यक्तिबाट लागूऔषध बरामद भएको र आवश्यक अनुसन्धान जारी रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस