Techie IT
२०८२ कार्तिक १८, मंगलबार

हिंसात्मक अभिव्यक्ति दिएको आरोपमा डा. निकोलस पक्राउ


हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा डा. निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई मंगलबार गोरखाबाट नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिएका छन् ।

भुसाल गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट पक्राउ परेका हुन्। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई काठमाडौँ ल्याउने तयारी गरेको प्रहरीले जनाएको छ।

भुसालले कार्तिक १६ गते सामाजिक सञ्जालमार्फत पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र तत्कालीन काठमाडौं प्रमुख जिल्ला अधिकारी छवि रिजालको घर घेर्ने अभिव्यक्ति दिएका थिए।

त्यस्तो अभिव्यक्ति सार्वजनिक भएपछि तरुण दलका एक कार्यकर्ताले भुसालको समूहलाई प्रतिकार गर्ने चेतावनी दिएका थिए। सम्भावित मुठभेट रोक्नका लागि भुसाललाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाइ छ।

यसअघि पनि भुसाल २३ असोजमा माइतीघरमा प्रदर्शन गर्न खोज्दा पक्राउ परेका थिए। स्वास्थ्य परीक्षणका क्रममा उनले गाँजा सेवन गरेको रिपोर्ट आएपछि सुधार केन्द्रमा पठाउने सर्तमा उनका दाजुले जिम्मा लिएका थिए।

तर त्यसपछि पनि उनका विवादित अभिव्यक्ति रोकिएका छैनन्। उनले पछिल्ला दिनमा जेनजी प्रदर्शनका क्रममा ओली, लेखक र तत्कालीन प्रजिअ रिजालमाथि सर्वसाधारणको ‘हत्या’ गरेको आरोप लगाएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट