प्रहरीको ट्र्याकसुट लगाएर हिँड्ने अछामका साउँद पक्राउ, डेराभरि लुटिएका सामान फेला
नेपाल प्रहरीको ट्र्याकसुट लगाएर हिँड्ने एक व्यक्ति लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्।
भदौ २४ गते प्रहरी प्रभाग कपनमा भएको लुटपाटमा संलग्न रहेको ठहरिएका ती व्यक्तिलाई प्रहरीको पोसाकमै हिँडिरहेका बेला पक्राउ गरिएको हो।
प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले आइतबार बिहान ७ बजे अछाम मल्लेक गाउँपालिका–७ घर भई काठमाडौंको कपनमा बस्दै आएका २२ वर्षीय अमृत साउँदलाई फेला पारेको जनाएको छ।
प्रहरीको ट्र्याकसुट लगाएर हिँडिरहेको अवस्थामा भेटिएका साउँदको डेरामा पुगेपछि प्रहरीले तलासी लिएको थियो। तलासीका क्रममा प्रहरी प्रभाग कपनबाट लुटिएका कम्प्युटर, सिपियू, प्रिन्टर, प्रहरीको रेनकोट, बुट र तरबार बरामद भएको प्रहरीको भनाइ छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस