जेन–जी आन्दोलनका क्रममा शहीद लखन थापाको शालिक फुटाउने रास्वपा कार्यकर्ता अभिमन्यु पक्राउ
अध्यक्ष रहँदै सहकारीको रकम अपचलन गरेको आरोपमा उनी यसअघि पनि पक्राउ परेका थिए र पछि धरौटीमा छुटेका थिए।
जेन–जी आन्दोलनका क्रममा पोखरामा माइकिङ गर्दै तोडफोडका लागि उक्साउने कार्यमा संलग्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता विक्रम उर्फ अभिमन्यु पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ।
कास्की जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हरि बस्नेतका अनुसार पाण्डेले पृथ्वीचोकमा रहेको शहीद लखन थापाको शालिक फुटाउने र व्यवसायी बिन्दु थापाको घरमा आगजनी गर्नेसम्मका गतिविधिमा सक्रिय भूमिका खेलेका थिए। उनलाई मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो।
पाण्डे पोखरामा सञ्चालित ‘संघर्षशील सहकारी’का अध्यक्ष पनि हुन्। अध्यक्ष रहँदै सहकारीको रकम अपचलन गरेको आरोपमा उनी यसअघि पनि पक्राउ परेका थिए र पछि धरौटीमा छुटेका थिए।
प्रहरीले हालको घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस