Techie IT
२०८२ माघ ८, बिहीबार

अभिमन्यूलाई निकाल्न जादा पक्राउ परे अर्जुन


अर्जुन खनाल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्य अर्जुन खनाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनिविरुद्ध व्यवसायी बिन्दु थापाले उजुरी दिएका थिए।

उजुरीमा थापाले खनाललाई जेनजी आन्दोलनका क्रममा घरमा भएको आगजनीमा संलग्न भएको आरोप लगाएका छन् । यसअघि उजुरीका आधारमा रास्वपा कार्यकर्ता विक्रम भनिने अभिमन्यू पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालयमा पाण्डेको विषयमा बुझ्न गएका खनाललाई प्रहरीले “तपाईंविरुद्ध पनि उजुरी छ” भन्दै नियन्त्रणमा लिएको थियो।

खनालसँगै जिप्रका गएका राप्रपा नेता अरुण गिरीले भने, “उहाँ आगजनी भएको स्थानमा घटनापछि पुगेका हुनुहुन्छ, घटनामा संलग्न हुनुहुन्न। पक्राउको आधार खिचिएको एउटा फोटो मात्र देखाइएको हो। अहिले हामी यस विषयमा छलफलमै छौं।”

कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीले भने, “आगजनीको भिडिओमा देखिएको आधारमा खनाललाई पक्राउ गरिएको हो। उनलाई बोलाएर आएको अवस्था हो।”



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट