Techie IT
२०८२ कार्तिक २७, बिहीबार

सिराहामा अवैध लागुऔषधसहित ४ जना पक्राउ


जिल्ला प्रहरी कार्यालय सिराहाले अवैध लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ।

सिराहा नगरपालिका–१ मा लागुऔषध बिक्री–वितरण भइरहेको गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो गोलबजार, जिल्ला प्रहरी कार्यालय सिराहा र वडा प्रहरी कार्यालय सिराहाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार स ११ च ५४८५ नम्बरको मोटरसाइकलमा सवार सिराहा नगरपालिका–१७ पटेर्वाका २५ वर्षीय राम जीवन यादव र सोही स्थानका २७ वर्षीय दीपककुमार यादवलाई चेकजाँच गर्दा ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ २४ ग्राम ८२० मिलिग्राम फेला परेको थियो। उक्त पदार्थ प्लास्टिकमा बेरेर राखिएको अवस्थामा बरामद गरिएको र उनीहरूलाई तत्काल पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, हिजो साँझ सिराहा नवराजपुर गाउँपालिका–५ स्थित कुसण्डीबाट जगतपुरतर्फ जाँदै गरेको स १० प ५३२६ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा चालक नवराजपुर गाउँपालिका–१ का २० वर्षीय ऋषिकुमार यादवको साथबाट डाईजोपाम एम्पुल ५ थान, प्रोमेथाजाईन एम्पुल ५ थान र ब्रुफेनफाइन एम्पुल ५ थान फेला परेको प्रहरीले जनाएको छ।

त्यो मोटरसाइकलमा पछाडि सवार भगवानपुर गाउँपालिका–५ का १८ वर्षीय देवेन्द्रकुमार यादवको साथबाट डाईजोपाम एम्पुल १ थान र सिरिन्ज १ थान बरामद गरिएको थियो।

बरामद लागुऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट