Techie IT
२०८३ असार २६, शुक्रबार

रौतहटमा दुई स्वचालित पेस्तोलसहित एक युवक पक्राउ


सशस्त्र प्रहरी बलले रौतहटको चन्द्रपुर नगरपालिका - ४, देउराली चोकबाट आज दुई वटा स्वचालित पेस्तोलसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाराको निजगढ नगरपालिका–६ निवासी २२ वर्षीय सुमन आचार्यलाई सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले पक्राउ गरेको हो।

आचार्यको साथबाट इटालीमा निर्मित दुई थान पेस्तोल, दुई वटा म्याग्जिन, १३ राउण्ड गोली र एक थान खुकुरी बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको हतियार तथा अन्य सामग्रीसहित उनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट