Techie IT
२०८२ माघ २९, बिहीबार

प्रधानमन्त्री कार्कीविरुद्ध अवहेलना मुद्दाको पेसी तोकियो


प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ।

प्रधानमन्त्री कार्कीले सर्वोच्च अदालतको अन्तरिम आदेश पालना नगरेको आरोपमा अधिवक्ता प्रतिभा उप्रेती र प्रेम सिलवालले निवेदन दिएका थिए। उक्त निवेदनमा न्यायाधीश हरिप्रसाद फुयाँल र न्यायाधीश अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो।

वर्तमान सरकारले गत असोज ३० गते, अघिल्लो सरकारको पालामा नियुक्त ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। त्यसअघि, सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले गत १६ कात्तिकमा उक्त निर्णय तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको थियो।

अन्तरिम आदेश जारी भएपश्चात् सरकारले परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको थियो भने हाल राजदूतहरू परराष्ट्र मन्त्रालयमै हाजिर भइरहेका छन्।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट