Techie IT
२०८२ मंसिर १०, बुधबार

२७ प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयको निर्देशन


आफूखुसी कार्यालयमा गैरहाजिर रहेका २७ जना नेपाल प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ।

गैरहाजिरमध्ये प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हवल्दार २ जना, सहायक हवल्दार ३ जना, प्रहरी जवान २० जना र कार्यालय सहयोगी १ जना छन्।

नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गर्दै उनीहरूको नाम, ठेगाना, गैरहाजिर भएको मिति लगायतको विवरण सार्वजनिक गरेको छ। सूचनामा बाटोको म्याद बाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिइएको छ।

सूचना अनुसार दुई जनाबाहेक सबै जेनजी आन्दोलनपछि कार्यालयको सम्पर्कमा नरहेको उल्लेख छ। उनीहरू गैरहाजिर हुनुका कारण भने स्पष्ट नभएको कार्यालयले जनाएको छ । उपस्थित हुँदा गैरहाजिर भएको कारणसहित सन्तोषजनक स्पष्टीकरण अनिवार्य रूपमा पेश गर्नुपर्ने बताइएको छ।

निर्देश उल्लंघन भएमा कानूनबमोजिम कारबाही गरिने प्रहरी प्रधान कार्यालयले चेतावनी दिएको छ।

सूचना हेर्नुहोस् - 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट