Techie IT
२०८२ मंसिर २२, सोमबार

प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित कांग्रेस सर्वोच्चमा


प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठान्दै नेपाली कांग्रेस सर्वोच्च अदालतमा रिट दायर गरेको छ। कांग्रेसका तर्फबाट रिट दर्ता लगायत कानुनी समन्वयको जिम्मा पूर्व महान्यायाधिवक्ता खम्म खातीलाई दिइएको छ । 

सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तापछि कांग्रेसले पनि एमालेको धारणा अनुरूप प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित अदालत धाएको हो।

कांग्रेसका तर्फबाट विघटित प्रतिनिधि सभाका संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरे, सचेतक सुशीला थिङसहित आठजना सांसद निवेदक बनेर रिट दायर भएको खातीले बताएका छन् । दर्ताका लागि अदालतले सोमबारसम्म समय दिएको पनि उनले जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट