कांग्रेसमा गगन युगको सुरुवात, नवनिर्वाचित सभापति थापाले आज २ बजे पदभार सम्हाल्दै
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापति पदमा नवनिर्वाचित गगनकुमार थापाको शपथग्रहण तथा पदबहाली आज हुँदै छ।
बडादसैँको फूलपातीका अवसरमा आज दिउँसो २ बजे सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा विशेष समारोहबीच शपथग्रहण कार्यक्रम आयोजना गरिएको छ। महाधिवेशनको मतगणना सम्पन्न भई थापा सभापतिमा विजयी भएसँगै पदबहालीको औपचारिक कार्यक्रम तय गरिएको हो।
उक्त शपथग्रहण तथा पदबहाली समारोहमा सहभागी हुन उपत्यकामा उपलब्ध पार्टीका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीहरूलाई निमन्त्रणा गरिएको नेपाली कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो।
यसैबीच, महाधिवेशनबाट निर्वाचित २३१ सदस्यीय केन्द्रीय समितिका अन्य पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण भने दसैँपछि मात्र गरिने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस