Techie IT
२०८३ भाद्र ११, बिहीबार

टीओबी समूहका दावाको नागरिकता–राहदानी कीर्ते मुद्दामा ५ लाख धरौटी माग


जेनजी आन्दोलनलाई भड्काएको आरोपमा प्रहरी हिरासतमा रहेका टीओबी समूहका तेन्जिन दावाविरुद्ध दर्ता भएका दुईवटा मुद्दामा फरक–फरक धरौटी तोकिएको छ।

करिब तीन महिनासम्म गरिएको विस्तृत अनुसन्धानपछि जिल्ला प्रहरी परिसर काठमाडौंले फाइल जिल्ला सरकारी वकिल कार्यालयमा पठाएको थियो। त्यसपछि सरकारी वकिल कार्यालयले सोमबार तेन्जिनविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार न्यायाधीश तेजबहादुर खड्काको इजलासले लिखत कीर्तेसम्बन्धी मुद्दामा ५ लाख रुपैयाँ र लागुऔषधसम्बन्धी मुद्दामा २० हजार रुपैयाँ धरौटी तोकेको छ।

प्रहरीले दावीपत्रमा तेन्जिनको नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र जालसाजी गरेर बनाइएको प्रमाण भेटिएपछि लिखत कीर्तेसम्बन्धी मुद्दा दायर गरिएको उल्लेख गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट