Techie IT
२०८२ चैत्र १, आइतबार

स्कुटीको डिकीमा लुकाइएको सात लाख रूपैयाँसहित एक व्यक्ति पक्राउ


सिरहाको बरियारपट्टी गाउँपालिका–२ मा प्रहरीले स्रोत नखुलेको नगदसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

मंगलबार दिउँसो करिब १२ बजे इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको प्रहरी टोलीले भारततर्फबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट (बीआर ३२ डब्लु–८३७७) स्कुटी जाँच गर्ने क्रममा डिकीभित्र लुकाइ–छिपाइ राखिएको सात लाख रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिएका छन् । 

प्रहरी उपरीक्षक शर्माका अनुसार स्कुटी चालक बरियारपट्टी गाउँपालिका–३ का ४६ वर्षीय दिनेश महतोलाई घटनास्थलमै नियन्त्रणमा लिइएको हो। पछिल्ला दिनमा सीमाक्षेत्रमा निगरानी कडा पारेपछि जाँचका क्रममा महतो पक्राउ परेको प्रहरीले बताएको छ।

डिकी खोल्दा ठूलो परिमाणमा नगद भेटिएपछि महतोमाथि रकमको स्रोत, प्रयोजन र सम्भावित अवैध कारोबारका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै आवश्यक कानुनी प्रक्रिया अघि बढाइने पनि प्रहरी कार्यालयले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट