Techie IT
२०८२ पौष १, मंगलबार

छानबिन आयोगले लियो प्रधान सेनापति सिग्देलसँग बयान


जेनजी प्रदर्शनको छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगले प्रधान सेनापति अशोकराज सिग्देलसँग बयान लिएको छ।

आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माका अनुसार सोमबार सिग्देलसँग बयान लिइएको हो। उनका अनुसार प्रधान सेनापतिसँगको बयान प्रक्रिया सम्पन्न भइसकेको छ।

अब आयोग सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्याल र नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीको बयान लिने प्रक्रिया जारी छ। आईजीद्वय निर्वाचन स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन पोखरामा रहेका छन्।

यसअघि आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग बयान लिइसकेको छ। गौरीबहादुर कार्की नेतृत्वको आयोगले सशस्त्र प्रहरीको कार्य विभाग प्रमुख नारायणदत्त पौडेल र सशस्त्र प्रहरीका डीआईजी सुरेश श्रेष्ठसँग पनि बयान लिइसकेको जनाएको छ।

त्यस्तै, आयोगले नेपाल प्रहरीका डीआईजी ओम राना र एआईजी सिद्धि विक्रम शाहसहित विभिन्न उच्च अधिकारीहरूसँग सोधपुछ गरिसकेको छ। जेनजी प्रदर्शनका बेला शाह प्रहरीको कार्य विभाग प्रमुख थिए भने हाल उनी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भइसकेका छन्।

आयोगले राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापा, पूर्व मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय अनुसन्धान विभागका उपत्यका हेर्ने डीआईजी कृष्ण खनाल तथा नेपाल प्रहरीका एसपीद्वय अपिल बोहरा र कुलदीप चन्दसँग पनि बयान लिइसकेको छ।

आयोगका अनुसार अहिलेसम्म १५० भन्दा बढी व्यक्तिसँग सोधपुछ तथा बयान लिइसकिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट